२५ असार २०८३, बिहीबार
प्रधानमन्त्री प्रचण्ड चीनमा

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेट

असोज ६, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ ।

चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका प्रचण्डले चिनियाँ समय अनुसार साँझ ५ बजेपछि सी चिनफिङसँग भेटवार्ता गरेका हुन् ।

झेजियाङको राजधानी शहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्‌घाटन समारोहअघि ‌प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।​​

null

यसअघि चीनको हाङ्चाउ शहरको हाङजाओ विमानस्थलमा उनीलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए ।

सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि रहेका थिए । 

संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल आजै चीन पुगेका हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्