३१ असार २०८३, बुधबार

पारसलाई बधाई दिँदै गगनले भने– मैदानको जस्तै कुशलता प्रशासनमा पनि देखियोस्

असोज ६, २०८०
काठमाडौं
पारसलाई बधाई दिँदै गगनले भने– मैदानको जस्तै कुशलता प्रशासनमा पनि देखियोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् ।

शनिवार साँझ सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनले नेपालमा क्रिकेटको विकासको लागि लाग्न प्रेरितसमेत गरेका छन् ।

महामन्त्री थापाले विशेषगरी सचिवमा निर्वाचित पूर्वकप्तान पारसलाई सम्झिएका छन् । खेलाडी र कप्तानको रुपमा मैदानमा देखाएको कुशलता अब प्रशासनमा पनि देखाउने आशा उनले व्यक्त गरेका छन् । 

‘विशेषगरी पारसका लागि खेल मैदानका कुशल नेतृत्व र सफलताहुँदै अब क्रिकेट संघको अधिकारीको रुपमा काम गर्ने मौका आएको छ । म विश्वस्त छु, पारसले खेल प्रशासकको रूपमा खेल्न लागेको ’इनिङ्स’ पनि खेल र कप्तानी ’इनिङ्स’जस्तै सफल हुनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपालमा क्रिकेटको विकासका लागि चतुरबहादुर चन्द नेतृत्वको नयाँ टिमलाई हार्दिक शुभकामना ।’

क्यानको सचिवको चुनावमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस शनिवार सचिवमा विजयी भएका हुन् । 

चन्द भने अध्यक्षमा सर्वसम्मत भएका थिए । यस्तै, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्