×

सरसर्ती २४ घण्टा

क्यानको नेतृत्वमा चतुरबहादुरको निरन्तरता, पारसको ‘इन्ट्री’ले क्रिकेटप्रेमीमा उत्साह

काठमाडाैं | असोज ७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । उनीहरूले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने प्रष्ट पारेका छन् । 

शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।


Advertisment

पेन्सन वञ्चित शिक्षक समूहका अध्यक्ष अमृत कार्की र महासचिव टीकाबहादुर खड्काले जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पेन्सन वञ्चित राहत शिक्षक समूह, राहत शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीहरूको आन्दोलनले सार्थकता पाएको छ । सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरियो ।’
००००
चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा भव्य समारोहबीच उद्घाटन गरेका छन् । 


Advertisment

चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् । समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी थिए । 
प्रधानमन्त्री चीनको औपचारिक भ्रमणका लागि शनिबार अमेरिकाबाटै चीन पुगेका थिए ।  

स्थानीय समयअनुसार बिहान साढे १० बजे उनी सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए ।
००००
यसैगरी साताव्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका छन् ।

क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको दुवै नेताबीचको छलफलको निष्कर्ष रहेको थियो ।
यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ ।

वार्ताका क्रममा राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिक रुपमा समेत गरी एक घण्टा लामो वार्ता भएको थियो ।
भेटवार्तामा राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्व कायम राख्नु पर्ने बताएका थिए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए ।
००००
क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् । यससँगै क्रिकेटप्रेमीहरुमा उत्साह देखिएको छ । 

क्यानको बाग्मती अध्यक्षहुँदै पारस केन्द्रीय सचिव पदमा निर्वाचित भएका हुन् । 
शुरूमा पारसले एकैपटक केन्द्रीय अध्यक्ष नै ताकेका थिए । तर त्यो छोडेर पछि उनी बाग्मती संघको अध्यक्षहुँदै केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । 
क्यानको नेतृत्वमा पुग्ने हुटहुटीकै कारण सक्रिय क्रिकेट जीवन त्यागेका पारस दुई वर्षमै केन्द्रीय नेत्तृत्वमा आएका हुन् । 
बाग्मतीको अध्यक्षमा जितेपछि पारसले अध्यक्ष चतुरबहादुर चन्दलाई चुनौती दिने तयारी गरेका थिए । 
तर केन्द्रको निर्वाचनसम्म आइपुग्दा पारस चन्दकै प्यानलबाट सचिवमा निर्वाचित भएका हुन् । अध्यक्षमा शनिवार बिहान नै चन्द सर्वसम्मत भएका थिए ।
००००
यसैगरी क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताएका छन् ।
क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका चन्दले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । चन्द क्यानमा फेरि नेतृत्वमा आएका हुन्  । यसैगरी रोशन सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध भएका छन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्यानका केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् ।

शनिवार साँझ सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनले नेपालमा क्रिकेटको विकासको लागि लाग्न प्रेरितसमेत गरेका छन् ।
महामन्त्री थापाले विशेषगरी सचिवमा निर्वाचित पूर्वकप्तान पारसलाई सम्झिएका छन् । खेलाडी र कप्तानको रुपमा मैदानमा देखाएको कुशलता अब प्रशासनमा पनि देखाउने आशा उनले व्यक्त गरेका छन् । 

‘विशेषगरी पारसका लागि खेल मैदानका कुशल नेतृत्व र सफलताहुँदै अब क्रिकेट संघको अधिकारीको रुपमा काम गर्ने मौका आएको छ । म विश्वस्त छु, पारसले खेल प्रशासकको रूपमा खेल्न लागेको ’इनिङ्स’ पनि खेल र कप्तानी ’इनिङ्स’जस्तै सफल हुनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपालमा क्रिकेटको विकासका लागि चतुरबहादुर चन्द नेतृत्वको नयाँ टिमलाई हार्दिक शुभकामना ।’
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा शनिवार बिहान ९ बजे शेखरले खाँणलाई भेटेका हुन् ।
००००
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।

यसअघिको शीर्षकमा संशोधन गरिएको छ-सं

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x