२८ जेठ २०८३, बिहीबार

बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड, आज नेपाल–चीन 'बिजनेस समिट'लाई सम्बोधन गर्ने

असोज ७, २०८०
काठमाडौं
बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड, आज नेपाल–चीन 'बिजनेस समिट'लाई सम्बोधन गर्ने
फाइल तस्वीर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयानुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन् । 
    
प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीईटीले सम्मेलनको आयोजना गरेका हुन् । 

लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्