
मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।
‘...२०८० साल असोज ११ गते बिहीवारका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने मन्त्रिस्तरबाट मिति २०८०/०६/१० मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा भनिएको छ ।
