२१ जेठ २०८३, बिहीबार

इजरायलमा कार्यरत नेपाली श्रमिकको भिसा नवीकरणमा समस्या

असोज १२, २०८०
काठमाडौं
इजरायलमा कार्यरत नेपाली श्रमिकको भिसा नवीकरणमा समस्या

इजरायलमा  सहायक  श्रमिक  केयरगिभरमा  काम  गर्न  गएकामध्ये  तीन  सय  नेपाली  श्रमिकको  भिसा  नवीकरणमा  ढिलाइ  भएको  जनाइएको  छ  ।  

इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता (जिटुजी) मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो । दूतावासका   अनुसार   भिसा   नवीकरण   समयमा  नभएपछि  दूतावासले  इजरायली  पक्षसँग  छलफल  अघि  बढाएको  छ  ।  
नेपाली  दूतावासका  अनुसार दूतावासले इजरायलमा सरकारी तवरबाट आएका नेपाली श्रमिकको भिसा नवीकरणका लागि इजरायलको पपुलेसन तथा इमिग्रेसन अथोरिटी (पिवा) सँग कूटनीतिक पहल गरिरहेको छ ।  विशेष गरी पछिल्लो समय सरकारी सम्झौता (जिटुुजी) इजरायल गएका नेपाली सहायक श्रमिकको भिसा  नवीकरणमा  देखिएको  समस्या  समाधानका  सम्बन्धमा  विस्तृत  छलफल  भएको  दूतावासले  जनाएको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्