२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको यो अन्तिम विदेश भ्रमण हो– ओली

असोज १२, २०८०
विराटनगर
प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको यो अन्तिम विदेश भ्रमण हो– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताएका हुन् ।

१७ दिनसम्म संसद् रोकेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

प्रधानमन्त्रीको हैसियतमा यो प्रचण्डको अन्तिम भ्रमण पनि हुन सक्ने उनको टिप्पणी छ ।

अर्को फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले देशको ठूलो दल (नेपाली कांग्रेस) नै देशप्रति गम्भीर नभएको आरोप लगाए । 

पछिल्लो राजनीतिक गतिविधिले कांग्रेसको अस्तित्व नै संकटमा पर्दै गएको उनको जिकिर छ ।

देशप्रतिको गाम्भीर्यताको अभावमा एमाले कांग्रेससँग मिल्ने कुनै सम्भावना नै नरहेको उनको भनाइ छ ।

माओवादी नेतृत्वको सरकार अपराधीको संरक्षणमा सक्रिय रहेको आरोप समेत अध्यक्ष ओलीले लगाए ।

अहिलेको सरकार देशका लागि दुर्भाग्यपूर्ण रहेको जिकिर समेत उनले गरे ।

अध्यक्ष ओली एमाले कोशी प्रदेश अधिवेशन उद्घाटनका लागि विराटनगर आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्