३० जेठ २०८३, शनिबार
मतगणना

च्यासलमा एमाले बागमती प्रदेशको मतगणना सुरु

असोज १२, २०८०
काठमाडौं
च्यासलमा एमाले बागमती प्रदेशको मतगणना सुरु

एमाले पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको नेतृत्वसहित कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणनाको सबै परिणाम २ घण्टाभित्र आइसक्ने निर्वाचन समितिले जनाएको छ।  

‘नतिजा सबैको एकैपटक आउँछ । अब दुई घण्टा लाग्छ’, निर्वाचन अधिकृत डिल्ली मैनालीले भने ।  निर्वाचनमा कुल ११३१ मत खसेको उनले बताए ।  

पार्टी कार्यालय च्यासलमा भएको मतदानमा ३२ जना  भने अनुपस्थत रहेको उनले बताए । निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुनेछन् ।  बागमतीको अध्यक्षमा  कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्