
नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेलले अग्रता फराकिलो बनाएका छन् । २० वटा मेसिनका ५८२ मत गणना सकिँदा ढुंगेलले ३५६ मतका साथ अग्रता बनाएका हुन् ।
यस्तै अर्का उम्मेदवार कृष्ण दाहालले २२६ मत पाएका छन् । यसैगरी सचिवका उम्मेदवार नवराज सिलवाल २९८ मत पाउँदा हस्त पण्डितले २८४ मत पाएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा भएको मतदानमा कुल ११३५ मत खसेकामा बाँकी मतगणना जारी रहेको छ ।