०२ साउन २०८३, शनिबार
एयरपोर्टबाट फेरि सुन बरामद

झण्डै तीन किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

असोज १३, २०८०
काठमाडौं
झण्डै तीन किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । 

दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार बरामद सुन झण्डै तीन किलोग्राम छ । 'दुबईबाट काठमाडौं आउँदै गरेको फिलिपिना नागरिक सुनसहित समातिएकी छन् । समातिएको सुन झण्डै तीन किलोग्राम छ,' उनले भने । 

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

गत साउन २ गते विमानस्थल भन्सार पास भएर आएको करिब ६१ किलोग्राम सुन राजस्व अनुसन्धान विभागले समातेको थियो । त्यसपछि पनि विमानस्थलबाट सुन बरामद हुने क्रम रोकिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्