
नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। आइतवार राति १0 बजेदेखि शुरू भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो ।
९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए ।
अध्यक्षका प्रत्यासी विनोद ढकाल र घनश्याम खतिवडा प्यानल नै बनाएर चुनावी मैदानमा छन्।
शुक्रबारदेखि शुरू भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छन ।
बिहानै मतदान सकिए पनि मतगणना भने दिउँसोबाट मात्रै शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।