
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व छान्न भएको निर्वाचनको मतगणना भइरहेको छ । सोमवार साँझ ८ बजेसम्म प्रदेश अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकटका घनश्याम खतिवडाले अग्रता कायमै गरेका छन् ।
खतिवडाले १४९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी विनोद ढकालले १३१ मत प्राप्त गरेका छन् । ढकाल भने पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट मानिन्छन् ।
उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सचिवमा राजकुमार भण्डारीले १६१ले प्राप्त गरेका छन् । यसैगरी शैलेश लामाले १११ प्राप्त गरेका छन् ।
उपसचिवमा जलवर्षा राजबंशीले १८२ मत प्राप्त गरेकी छिन् भने खेम नेपालीले ११८ प्राप्त गरेका छन् । यस्तै देवान राईले १७५ मत पाएका छन् ।
सचिव लामा र उपसचिव नेपाली ढकाल पक्षका हुन् भने सचिव भण्डारी र उपसचिवद्वय राजबंशी र राई खतिवडा प्यानलका हुन् ।
२१५ पदका लागि आइवारदेखि मतदान भएको थियो । सोमवार बिहान ५ बजे मतदान सकिएको थियो । निर्वाचनमा ९७७ मत खसेको छ । जसमध्ये २८२ मत गणना भएको छ ।