२८ जेठ २०८३, बिहीबार

गाई गोठमा लुकाएर राखिएको ८० लाख बराबरको लत्ताकपडा बरामद

असोज १६, २०८०
सिरहा
गाई गोठमा लुकाएर राखिएको ८० लाख बराबरको लत्ताकपडा बरामद

​​​सशस्त्र प्रहरीले सिरहाबाट करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट मंगलवार ७८ पोका लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए  ।

भारतबाट अवैध रुपले ल्याएर लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बीओपी)  लगडिगदियाले उक्त सामग्री नियन्त्रणमा लिएको हो ।​

null

स्थानीयवासीको तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको भन्ने खुल्न सकेको छैन ।

पछिल्लो समय नजिकिँदै आएका चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी विशेष योजनाकासाथ सीमामा परिचालित भएको डीएसपी थापाले बताए । 

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्