३१ असार २०८३, बुधबार

इन्द्रजात्रा मेला हत्याकाण्डः ४ जना आरोपी पक्राउ

असोज १७, २०८०
काठमाडौं
इन्द्रजात्रा मेला हत्याकाण्डः ४ जना आरोपी पक्राउ

सोमवार राति इन्द्रजात्रामा मेलामा भएको हत्याकाण्डमा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले ४ जना आरोपीलाई पक्राउ गरेको छ । उनीहरूलाई मंगलवार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१९ घर भइ हाल ललितपुरको लुकुसी बस्दै आएकी २० वर्षीय सोनिया श्रेष्ठ खड्की, ललितपुरकै एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ की २४ वर्षीया भूमि मल्ल र ललितपुरकै गोदावरी–५ का १९ वर्षीय अरबिन ठकुरी रहेका छन् । 

काठमाडौं महानगरपालिका–२४ न्युरोड क्षेत्रमा शनि कार्की नामका एक १७ वर्षीय युवकको सामान्य निहुँमा हत्या भएको थियो ।  

ओखलढुंगाको लिखु गाउँपालिका–४ घर भइ अहिले काठमाडौंकै क्षेत्रपाटी बस्दै आएका कार्कीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

कार्कीको उपचारको क्रममा मनमोहन कार्डियो अस्पताल, महाराजगजमा मृत्यू भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्