३१ असार २०८३, बुधबार

बेगनासतालमा मृत भेटिए प्युठानका २२ वर्षीय अनिश श्रेष्ठ

असोज १७, २०८०
कास्की
बेगनासतालमा मृत भेटिए प्युठानका २२ वर्षीय अनिश श्रेष्ठ
फाइल फोटो

पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृत फेला परेका छन् ।

प्युठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले बताए ।

उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । 

इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्