०८ असार २०८३, सोमबार

बङ्गलादेश भ्रमणमा रहेको संसदीय समिति र सभामुख सिरिनबीच शिष्टाचार भेट

असोज १७, २०८०
काठमाडौं
बङ्गलादेश भ्रमणमा रहेको संसदीय समिति र सभामुख सिरिनबीच शिष्टाचार भेट

कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा. आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ ।  

त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए । 

ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलवार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए । 

नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा. मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । 

भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तणका साथै खाद्य सुरक्षा सुनिश्चित गर्नेतर्फ द्विपक्षीय सहयोग बढाउनुपर्नेमा जोड दिएको छ ।

नेपाली प्रतिनिधिमण्डलले परराष्ट्र राज्यमन्त्री मोहम्मद शाहरिर आलमसँग पनि भेट गरेको छ । 

त्यस अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, दिगो विकास, खाद्य सुरक्षालगायत साझा चासोका विषयमा छलफल भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्