२४ जेठ २०८३, आइतबार
धनुषामा आगलागी

जनकपुरको बिग मार्टमा आगलागीः करोडौँको क्षति

असोज २१, २०८०
काठमाडौं
जनकपुरको बिग मार्टमा आगलागीः करोडौँको क्षति

धनुषा–जनकपुरस्थित स्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आइतवार बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो  ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।

सञ्चालक रायले भने, ‘हामीहरू मार्टको दोस्रो तलामा बसिरहेको थियाैँ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।'

salt training

कमेन्ट गर्नुहोस्