०२ साउन २०८३, शनिबार

इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा छलफल

असोज २१, २०८०
काठमाडौं
इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा छलफल

इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्रालयले तयारी थालेको छ । 

आइतवार बिहानैदेखि परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली बैठक र आन्तरिक छलफलमा जुटेको छ ।

अहिले इजरायलको अवस्था हेरेर आवश्यकताअनुसार नेपालीको उद्धार, उपचार र कूटनीतिक पहलमा  जुट्ने सरकारी तयारी छ । 

‘इजरायलमा रहेका नेपालीकाबारे निर्णय गर्न अहिले परराष्ट्र मन्त्रालयमा बैठक जारी छ,’ मन्त्री साउदको सचिवालयका देवराज जोशीले भने, ‘बैठक केहीबेरमा सकिन्छ ।’ 

शनिबार बिहानैदेखि हमासले आकाश, समुन्द्र र स्थलमार्गबाट इजरायमा आक्रमण तीब्र बनाएको छ, जसका कारण दक्षिणी इजरायलको गाजाक्षेत्र निकै तनावग्रस्त छ । 

गाजा क्षेत्रमा कृषि अध्ययन र काम गर्न गएका अधिकांश विद्यार्थी प्रभावित भएका छन् । उनीहरूले आफ्नो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्तिमा त्यहाँ कार्यरत ९ जना नेपाली घाइते भएको जनाइएको छ, जसमा २ जनाको अवस्था गम्भीर छ ।

त्यहाँ कार्यरत नेपालीको पछिल्लो अवस्थाबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्