२५ असार २०८३, बिहीबार

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको आग्रह

असोज २१, २०८०
कैलाली
इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।

आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्‌घाटन गर्दै महासचिव शंकर पोखरेलले शनिवार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गरेका हुन् ।

उनले घाइते नेपालीप्रति सरकारले चासो नदिएको आरोप लगाए । घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

महासचिव पोखरेलले अब एमालेले एकल बहुमतको सरकार गठन गर्नेगरी अगाडि बढ्नुपर्छ भन्दै पार्टीले समृद्धिको आधार बनाई रहेकाबेला आफ्नै पार्टीको सरकारलाई ढाल्न लागेकाहरूबाट अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्