२४ असार २०८३, बुधबार

प्रदेशसभामा सङ्घीय सरकारको ध्यानाकर्षण प्रस्ताव

असोज २२, २०८०
मकवानपुर
प्रदेशसभामा सङ्घीय सरकारको ध्यानाकर्षण प्रस्ताव

 बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले काठमाडौँ–धादिङ सुरुङमार्ग निर्माणका क्रममा स्थानीयवासीले झेल्नु परेका समस्याबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै प्रस्ताव प्रस्तुत गरेका छन्।

सुरुङमार्ग निर्माणको क्रममा त्यस भेगका करिब एक हजार दुई सय परिवारले स्वच्छ पानीको अभाव झेल्नु परेकाले सङ्घीय सरकारले उनीहरुको समस्यालाई यथाशीघ्र समाधान गर्न प्रदेशसभा सदस्य पोखरेलले आग्रह गरे । ती क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सिँचाइको व्यवस्था गर्न र वातावरण प्रदूषण नियन्त्रण गरी प्रभावित क्षेत्रका विपन्न नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ सङ्घीय सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए ।
 
सभामुख भुवनकुमार पाठकले उनको ध्यानाकर्षण प्रस्तावलाई सङ्घीय सरकारको ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउन प्रदेश सरकारलाई निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्