२२ जेठ २०८३, शुक्रबार
शेखर पक्षको विद्रोहको प्रभाव

कोशी संकटः देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक

असोज २६, २०८०
काठमाडौं
कोशी संकटः देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक
फाइल फोटो

कोशी प्रदेशको मुख्यमन्त्रीलाई लिएर पार्टीमा विवाद भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

शुक्रवार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको सह–महामन्त्री बद्री पाण्डेले लोकान्तरलाई जानकारी दिए । 

माओवादी सांसद इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गरी केन्द्रमा भएको सहमतिलाई चुनौती दिँदै डा. शेखर कोइराला पक्षका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि कांग्रेस विवाद उत्कर्षमा पुगेको छ । 

प्रदेश कार्य सम्पादन समितिको बैठकमा सहमति जुट्न नसकेपछि केन्द्रमा बैठक बस्न लागेको हो । एमाले सांसदको समर्थनमा कोइराला पक्षका सांसदले छुट्टै हस्ताक्षर गरेर मुख्यमन्त्री दाबी गरेका थिए । 

मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रवार साँझ ५ बजेसम्म तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्