२३ जेठ २०८३, शनिबार

यात्रुवाहक सवारीमा शुक्रवारदेखि रुट परमिट खुला

असोज २६, २०८०
काठमाडौं
यात्रुवाहक सवारीमा शुक्रवारदेखि रुट परमिट खुला
फाइल फोटो

शुक्रवारबाट सार्वजनिक सवारीलाई रुट परमिट खुला भएको छ ।

सरकारले नेपालीहरूको महान् पर्व वडा दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले सार्वजनिक सवारीको रुट परमिट खुला गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ ।

रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावस्यक वस्तुहरू ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

दशैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । 

प्रत्येक वर्ष काठमाडौंबाट दशैं मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्