२३ जेठ २०८३, शनिबार
आजको मौसम

मौसम पूर्वानुमानः अधिकांश प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

असोज २७, २०८०
काठमाडौं
मौसम पूर्वानुमानः अधिकांश प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सातमध्ये अधिकांश प्रदेशमा वर्षा हुने अनुमान छ । जसमा पाँचवटा प्रदेश छन् । ‘कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ । 

 यस्तै राति पनि देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

‘कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्