×

NMB BANK
NIC ASIA

महानगरको पहिलो चरणको सफाइ अभियान सम्पन्न

काठमाडाैं | असोज २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा महानगरपालिकाको व्यवस्थापनमा सप्ताहव्यापी सफाइ अभियान शनिवार सकिएको छ । अभियानका क्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा सरसफाइका कार्यक्रमहरू गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ । अघिल्लो शनिवार पोखरा १९ लामाचौर स्थित प्रसिद्ध शक्तिपिठ अकलादेवी मन्दिर परिसरबाट सुरु गरिएको पहिलो चरणको सफाइ अभियान पोखरा १३ मियाँपाटन स्थित जामे मस्जिदे अक्सा परिसर सरसफाइसँगै टुङ्गिएको हो । यद्यपि, महानगरपालिकाको नियमित सफाइको कार्य भने जारी नै रहनेछ ।

Muktinath Bank

नजिकिँदै गरेको चाडपर्वको पुर्वसन्ध्यामा धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरू मठमन्दिरहरू, मस्जिद, गुम्बा लगायत सडक, खोलानाला, सार्वजनिक चोक चौतारा र खुला स्थानहरूमा सरसफाइ गर्ने प्रचलनलाई निरन्तरता दिँदै सफाइ अभियान सञ्चालन गरिएको हो । यस अभियानले पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पर्यावरणीय स्वच्छता प्रदान गर्नुका साथै नगरवासीहरूमा सफाइ प्रति सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय नगर क्षेत्रमा डेङ्गी लगायत मौसमी सङ्क्रमणहरूको जोखिम बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि फोहरको उचित व्यवस्थापन प्रति जागरण ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन् । उनका अनुसार सयौँ टन फोहोर सङ्कलन गरिएको अभियानमा टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, युवा क्लब, नागरिक समाज, सुरक्षा निकाय, महानगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायत हजारौँ अभियान्ताहरुले सहभागिता जनाएका छन् । सरसफाइ प्रतिको नागरिक जागरणमा यसले महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ ।


Advertisment
Nabil box
Kumari

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले सरसफाइ नागरिक चेतनाको विषयसँग जोडिएको बताए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x