२३ जेठ २०८३, शनिबार

१३ दिन ढिलागरी आजदेखि नेपालबाट बाहिरियो मनसुन

असोज २८, २०८०
काठमाडौं
१३ दिन ढिलागरी आजदेखि नेपालबाट बाहिरियो मनसुन

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि दुईसाता ढिलो बाहिरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो ।

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू–भाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भू–भागबाट बाहिरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागबाटसमेत मनसुन बाहिरिसकेको छ ।

उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्