१९ असार २०८३, शुक्रबार

गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी

असोज २८, २०८०
सुर्खेत
गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । 

वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए । उनले भने, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।” 

पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै नेता नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताए । 

पूर्वप्रधानमन्त्री नेपालले विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको बताए । 

जागरण अभियानमा नेकपा (एस)का महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायत नेताले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्