२७ जेठ २०८३, बुधबार
छैन पहिलेजस्तो व्यापार

मन्दीको असर खसी र च्याङ्ग्रामा पनि, व्यापारी भन्छन्– बजारमा चहलपहल छैन [भिडियो]

असोज २९, २०८०
काठमाडौं
मन्दीको असर खसी र च्याङ्ग्रामा पनि, व्यापारी भन्छन्– बजारमा चहलपहल छैन [भिडियो]

नेपालीहरूको महान चाड दशैंलाई लक्षित गरेर व्यापारीले खसीबोका र च्याङ्ग्रा राजधानी काठमाडौंको बजारमा उपलब्ध गराएका छन् ।

प्रत्येक वर्ष दशैंमा मुस्ताङलगायत हिमाली जिल्लाबाट काठमाडौंमा च्याङ्ग्रा र देशभरका विभिन्न जिल्लाबाट खसीबोका ल्याउने गरिएको छ । 

घटस्थापनाको दिनदेखि नै भक्तपुरको सल्लाघारीमा च्याङ्ग्रा बेच्न थालिएको छ । जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १३ सय कायम गरिएको छ ।

null

विभिन्न हिमाली जिल्लबाट भक्तपुरसम्म च्याङ्ग्रा ल्याएका आएका व्यापारी महेश थापाले बजारमा चहलपहल नदेखिएको बताए । 

आर्थिक मन्दीको प्रभाव खसी/बोका र च्याङ्ग्रा व्यापारमा पनि देखिएको हुनसक्ने व्यापारीहरूको अनुमान छ ।

null

'आर्थिक मन्दीका कारण व्यापार छैन,'  चौपाया खरिद बिक्री सेवा संघका केन्द्रीय सदस्य जीवन श्रेष्ठले लोकान्तरसँग भने, 'पहिला घटस्थापनादेखि नै दैनिक ५०० सम्म खसीबोका बिक्री हुने गरेकोमा यसपटक सयवटा बूकिङ पनि भएको छैन ।'

null

विगतमा मुस्ताङका च्याङ्ग्रा खोसाखोस हुने गरेकोमा अहिलेसम्म ग्राहक आएका छैनन् । फूलपातिको दिनसम्म ग्राहक आउने आशामा छन्, व्यापारीहरू । 

हिमाली जडिबुटी खाएर हुर्कने भएकाले च्याङ्ग्राको मासुलाई स्वस्थकर मानिन्छ । तर, पछिल्ला वर्षमा मुस्ताङमै फार्म खोलेर च्याङ्ग्रा पाल्न थालिएकाले मासुमा बोसो लाग्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । 

null

तिब्बतमा पालिएका च्याङ्ग्रा पनि मुस्ताङको बाटो हुँदै काठमाडौं आएका छन् । यस्तै बझाङमा पालिएका च्याङ्ग्रा पनि काठमाडौं र पोखराको बजारमा आएका छन् ।

सरकारी स्वामित्वको खाद्य संस्थानले पनि मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बेच्ने जनाएको छ । 

बजार मूल्यमा हस्तक्षेप गर्न संस्थानले लामो समयदेखि दशैंको अवसरमा खसीबोका र च्याङ्ग्रा बेच्दै आएको छ । 

null

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्