०७ असार २०८३, आइतबार

दशैंका बेला काठमाडौंमा ड्रोनबाट गस्ती गर्दै प्रहरी

असोज २९, २०८०
काठमाडौं
दशैंका बेला काठमाडौंमा ड्रोनबाट गस्ती गर्दै प्रहरी

काठमाडौं प्रहरीले दशैंका बेला ड्रोनबाट सुरक्षा गस्ती गर्ने भएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार चाडपर्वलाई लक्षित गरेर भीडभाड हुने ठाउँमा ड्रोनबाट सुरक्षा गस्ती गर्न थालिएको हो । 

‘दशैंतिहार लगायत चाडबाडलाई लक्षित गरेर ड्रोनबाट सुरक्षा दिन थालेका हौं,’ एसपी ढुंगेलले भने ।

काठमाडौंका बढी भीडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका र किनमेल हुने ठाउँमा ड्रोनबाट सुरक्षा दिन थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्