
झापामा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरिया रहेका छन् ।
उनलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।
ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।