२१ जेठ २०८३, बिहीबार
कोशी प्रदेशमा नयाँ सरकार

मुख्यमन्त्री बनेको पाँचौ दिनमै विश्वासको मत लिँदै कार्कीः कति सांसद हुन सक्छन् उनको पक्षमा ?

कात्तिक १, २०८०
विराटनगर
मुख्यमन्त्री बनेको पाँचौ दिनमै विश्वासको मत लिँदै कार्कीः कति सांसद हुन सक्छन् उनको पक्षमा ?

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर मुख्यमन्त्री भएको पाँचौ दिनमै कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

नेकपा (एमाले)का ३९ र नेपाली कांग्रेसका विद्रोही ८ जना सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलले विश्वासको मत दिने सम्भावना रहेको छ । यद्यपि,  एमालेबाहेक कुनै पनि दलले आधिकारिक निर्णय भने गरेका छैनन् । 

६ सिट भएको राप्रपा भने तटस्थ बस्ने भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मंगलवार ३९ जना सांसद रहेको एमाले, २९ मत भएको कांग्रेस, १३ जना सांसद भएको नेकपा (माओवादी केन्द्र) र ४ जना सांसद भएको नेकपा (एकीकृत समाजवादी) र १ मत भएको जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । 

उपसभामुख एमालेकी छिन् । यसर्थ, मुख्यमन्त्रीले ९३ मध्ये कम्तीमा ८६ मत पाउन सक्ने आकलन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्