
त्रिदेशीय टी-ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट हात पारेको छ ।
करण केसीले निजाकत खानलाई बोल्ड गरेका हुन् । पहिलो ६ बलमा हङकङले १ विकेट गुमाएर ७ रन जोडेको छ ।
पहिलो खेलमा नेपाल यूएईविरुद्ध ७ विकेटले विजयी भएको थियो । हङकङले आफ्नो पहिलो खेल खेलिरहेको हो ।
खेल माथिल्लो मूलपानी मैदानमा भइरहेको छ ।