२९ असार २०८३, सोमबार

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

कात्तिक २, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने छन् ।

यस्तै, अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्