१० साउन २०८३, आइतबार

उत्पादन वृद्धि गर्न किसानलाई अनुदान

कात्तिक ३, २०८०
तनहुँ
उत्पादन वृद्धि गर्न किसानलाई अनुदान

दमौली ।  तनहुँको घिरिङ गाउँपालिकाले कृषि तथा पशु उत्पादन प्रतिफलमा आधारित अनुदानलाई जोड दिएको छ । एकीकृत कृषि विकास कार्यक्रमका माध्यमबाट तरकारी खेती, पशुपालन, दुग्ध उत्पादन र फलफूल खेतीलाई पूर्ण व्यवसायीकरण गरी उत्पादन प्रतिफलमा आधारित अनुदानलाई जोड दिइएको हो । पालिकाले पशु र कृषिजन्य उत्पादनमा वृद्धि गर्न लागत साझेदारी कार्यक्रम सञ्चालन गर्नेभएको छ । 

यस कार्यक्रमले कृषिलगायत अन्य क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन टेवा मिल्ने गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।  उत्पादन प्रतिफलमा आधारित अनुदान वितरण गर्दा वास्तविक किसानले पालिकाबाट सेवा सुविधा उनको भनाइ छ । गाउँपालिकालाई कृषि क्षेत्रमा विकास गर्नका लागि विभिन्न किसान प्रोत्सान कार्यक्रम ल्याएको अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाभित्र सबैभन्दा धेरै अदुवा उत्पादन गर्ने एक सय ४४ जना किसानलाई रु सात लाख २० हजार उत्पादनमा आधारित अनुदान प्रदान गरिएको छ । एक हजार केजी उत्पादन गर्ने किसानलाई रु पाँच हजारका दरले प्रोत्सानस्वरुप अनुदान वितरण गरिएको छ । 

गाउँपालिकाले बाख्रापालक किसानका लागि बिक्रीमा आधारित अनुदानप्रदान गरेको छ । जिउँदो खसी बोकाको प्रति केजी रु दशका दरले अनुदान दिइएको छ । घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध किसानले उत्पादन गरेका खसी बोका जिउँदो तौलमा रु एक्काइस हजार दुई सय ३३ केजी उत्पादन गरेर बजारीकरण गर्ने किसानलाई रु दुई लाख बाह्र हजार तीन सय ३० अनुदान दिइएको गाउँपालिकाका पशुसेवा प्राविधिक मनोज श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्