
एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले जापानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा जापानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
नेपाल नेपाल समूह ‘ए’ र जापान समूह ‘बी’ को विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् ।
जापानलाई पराजित गर्न सके नेपालले एसिया कप खेल्ने पक्का गर्नेछ । फाइनल भने ७ कात्तिकमा हुनेछ ।
आजै हुने दोस्रो सेमिफाइन खेलमा समूह ‘बी’ को विजेता युएई र समूह ‘सी’ को विजेता सिंगापुर भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे हुनेछ।
प्रिमियर कपको फाइनल मंगलबार हुनेछ।
फाइनल पुग्ने दुई तथा तेस्रो स्थानमा रहने एक गरी तीन टोलीले आगामी डिसेम्बरमा हुने एसिया कपमा स्थान बनाउनेछन्।
यू–१९ एसिया कप डिसेम्बरमा हुँदैछ ।