०२ साउन २०८३, शनिबार
पाल्पा जीप दुर्घटना अपडेट

पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत, अधिकांश एकै ठाउँका

कात्तिक ५, २०८०
काठमाडौं
पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत, अधिकांश एकै ठाउँका

पाल्पामा जीप दुर्घटनामा परेर मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । मृतकहरू नवलपरासी र लमजुङका रहेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटना परी तीन महिला, दुई बालक र एक पुरुषको मृत्यु भएको पाइएको छ । 

मृत्यु हुने एक जनाबाहेक सबै नवलपरासीको देवचुली नगरपालिका– १६ रजहरका रहेको पाइएको छ । जसमा अन्दाजी ५५-६० वर्षकी पार्वती लोहनी, ३५ वर्षकी सबिना धिताल, ११ वर्षका सबिस लोहनी, अढाइ वर्षका इसब लोहनी  र ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । 

मृतक एक जनाको ठेगाना भने लमजुङ रहेको छ । उनी बेसीशहर नगरपालिका– २ भकुण्डेकी ५५ वर्षीया चुना धिताल रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् । 

चालक ईश्वरबहादुर लोहनीको अवस्था पनि गम्भीर रहेको उनले बताए । चालक लोहनी पनि रजहरकै रहेको बताइएको छ । 

आइतवार पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जीप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हो । 

बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको थियाे । पाल्पामा रानीमहल तानसेन सडकखण्डको बैकुण्ठे भिरनजिकै जीप दुर्घटना भएको बताइएको छ ।  

ऐतिहासिक पर्यटकीयस्थल रानीमहल घुम्न हिडेका पर्यटक सवार बागमती प्रदेशको ७२०९ नम्बरको जीप ओराली सडकमा चिप्लिएर करिब ७ सय मिटर तल तानसेन खोलामा खसेको थियाे ।

साँझ करिब साढे ४ बजेको समयमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्