२४ असार २०८३, बुधबार
त्रिदेशीय टी–२० क्रिकेट

टी-२० सिरिजमा नेपालको लगातार चौथो जीत, यूएई पाँच विकेटले पराजित

कात्तिक ६, २०८०
काठमाडौं
टी-२० सिरिजमा नेपालको लगातार चौथो जीत, यूएई पाँच विकेटले पराजित

त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार चौथो जीत हासिल गरेको छ । सोमबार काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई पाँच विकेटले हराएको हो ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । 

नेपाललाई जीत दिलाउने क्रममा आशिफ शेखले ६२ बनाए । ५० बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । 

यस्तै रोहित पौडेलले ४७ र दीपेन्द्र सिंह ऐरीले १५ बलमा ४० रन बनाए ।  

१६५ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गरेको थियो । तीन ओभर शुरू हुँदै गर्दा नेपालका तीन ब्याटर आउट भएका थिए । 

कुशल भुर्तेल १ रनमै आउट भएका थिए । २ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको थियो ।

यस्तै १.५ ओभरमै सोमपाल कामी २ रन बनाएर आउट भए । त्यो बेला नेपालको जम्मा ५ रन थियो ।

कुशल मल्ल त झन् शून्य रनमै आउट भए । २.१ ओभरमा ११ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको थियो ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले निर्धारिक २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले यसअघि लगातार तीन खेलमा जीत हात पारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्