काठमाडौं, ८ असोज– सिटी एक्सप्रेस मनी ट्रान्सफर र कतारको अल जमान एक्सचेन्जबीच सम्झौता भएको छ । योसँगैै कतार मा रहेका नेपालीहरुले कुनै पनि अल जमान एक्सचेन्जको ७ वटा भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछ ।
.jpg?1506253815890)
सिटी एक्सप्रेसको पाँच हजार भुक्तानी केन्द्रहरु मार्फत ग्राहकहरुले सहजरुपमा यो सेवा लिन सक्ने छ ।
सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र अल जमान एक्सचेन्जको प्रमुख जुबिर अब्दुल रहीमानले हस्ताक्षर गरेका थिए ।
सिटी एक्सप्रेसले बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।