
त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपालले यूएईविरुद्ध सानदार शुरूवात गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले सानदार शुरूआत गरेका हुन् ।
पावरप्लेको ६ ओभरमा नेपालले एक विकेट गुमाएर ५० रन कटाएको छ । नेपालले पावरप्लेमा एक विकेट गुमाएर ६१ रन बनाएको हो ।
१२ बल खेलेका आशिफ ७ रन बनाएर आउट भए । नेपालका लागि भुर्तेल २० बलमा ४८ बनाएर खेलिरहेका छन् । उनले ६ चौका र एक छक्का प्रहार गरिसकेका छन् ।
नेपालले शृंखलाका ४ वटै खेल जितेको छ भने यूएईले ३ हार र १ जीतसहित फाइनलमा स्थान बनाएको हो ।
समान एक खेल जितेको हङकङ भने यूएईसँग रनरेटमा पछाडि पर्यो । टी-ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप त्रिदेशीय शृंखला खेलिएको हो ।