
त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा यूएईविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । शुक्रबार त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा उनले २८ बलमा अर्धशतक बनाएका हुन् ।
अर्धशतक बनाउने क्रममा उनले ६ चौका र तीन छक्का प्रहार गरे । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।
यसअघि ओपनर आशिफ शेख सात रन र कुशल मल्ल एक रनमै आउट भए ।
७ ओभर सकिँदा नेपालले ६० रन कटाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो पावरप्लेमा सानदार शुरूआत गरेको छ ।