त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालको सातौं विकेट पतन भएको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सातौ विकेटको रूपमा गुल्सन झालाई गुमाएको हो ।
उनी पाँच रन मात्रै बनाएर आउट भए । यसअघि दीपेन्द्रसिंह ऐरी २० रन बनाएर आउट भए। उनीभन्दा अघि कप्तान रोहित पौडेल आउट भएका थिए। कप्तान पौडेलले १७ बलमा १८ रन बनाएर क्याच आउट भए।
ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भएका थिए।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए।