
काठमाडौं र सिन्धुपाल्चोकको सीमाना पर्ने छापमा स्कूल भ्यान दुर्घटनामा परेको छ।
गोकर्णेश्वर नगरपालिका ९ मा रहेको विद्या व्यायाम इङ्ग्लिस स्कूलको बा १९ च ४३१२ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक ध्रुव नापितसहित ७ जना घाइते भएका छन् ।
उनीहरू परिवारसहित मेलम्ची घुम्न गएका थिए।
ब्रेक फेल भएपछि भ्यानलाई रोक्न चालकले भित्तामा ठोक्काएका बताइएको छ ।
भित्तामा ठोक्किएको गाडी मुल सडकमा उत्तानो परेको थियो ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।
