१० साउन २०८३, आइतबार

अस्पतालको भवन शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

कात्तिक १६, २०८०
बुटवल
अस्पतालको भवन शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल)को अस्पताल भवन शिलान्यासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल आउँदै छन् । प्रधानमन्त्री प्रचण्डले बिहान साढे १० बजे २०० शैय्याको भवन र पुस्तकालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानका प्रमुख (मेयर) खेलराज पाण्डेयले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ स्थित आम्दा अस्पतालको २५ औं वार्षिक उत्सवको अवसरमा यो कार्यक्रम हुन लागेको हो ।

यसैबीच अस्पतालले यसै वर्षदेखि प्यारामेडिक्सको अध्ययन शुरू गर्ने भएको छ । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नर्सिङ, सामान्य चिकित्स (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्ड डा राजेन्द्रप्रसाद बस्यालले जानकारी दिए । 

तीनवटै विषयमा ४०-४० वटाको कोटाअन्तर्गत पढाइ हुने ५० शैय्याबाट शुरू भएको अस्पताल अहिले १०० शैय्यासहित सञ्चालनमा छ । त्यस्तै सामाजिक सुरक्षा कोषका सदस्यहरूलाई नियमअनुसार स्वास्थ्य सेवाको पनि अस्पतालले सुरुवात गरेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षभित्र सञ्चालन हुने गरी प्रक्रिया पनि अघि बढाएको मेयर पाण्डेयले बताए । आमा सुरक्षा कार्यक्रम सञ्चालन भएपश्चात राज्यको व्यवस्थाबमोजिम आमाहरूले निःशुल्क प्रसूति एवं सोसँग सम्बन्धित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । 

अस्पतालमा लुम्बिनी प्रदेशका सबै जिल्लासहित १६ जिल्ला र भारतका सीमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुनेगरी नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले बताए ।

अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा राजेन्द्रप्रसाद बस्यालले बताए । २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगर तथा बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारी भई ५० शैय्याबाट अस्पतालको सुरुवात भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्