
आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा ओमानविरुद्ध नेपाललाई चौथो झड्का लागेको छ । कप्तान रोहित पौडेल १२ रनमा आउट भएका छन् ।
चौथो विकेट गुमाउँदा नेपालले ५.५ ओभरमा ४३ रन बनाएको थियो । यससँगै नेपाली पारी संकटमा परेको छ ।
४३ रनको स्थितिमा नेपालले ३ विकेट गुमाएको थियो ।
तेस्रो विकेटका रूपमा कुशल भुर्तेल २६ रन बनाएर आउट भए । यसक्रममा उनले १८ बलको सामना गरे । यसअघि ८ बल खेलेका आशिफ ५ र ९ बल खेलेका सोमपाल १२ रन जोडेर आउट भएका थिए ।
कीर्तिपुरमा नेपालले १४६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको हो ।
यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ ।
यद्यपि नेपाल र ओमान दुवैले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
समूह विजेताले अर्को समूहको दोस्रो र उपविजेताले पहिलो टीमसँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।
अर्को समूहमा यूएई, हङकङ र बहराइन सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा छन् ।
फाइनल पुग्ने टीम विश्वकपमा छानिने छन् ।