
टी-ट्वान्टी विश्वकपमा छनोट हुन निर्णायक खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
मूलपानी मैदानमा टस जितेर यूएईले पहिले ब्याटिङको निर्णय लिएको हो ।
नेपाली टीममा एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरी टीममा फर्किएका छन् ।
बाँकी खेलाडी ओमानसँग प्रतिस्पर्धा गरेकाहरू नै छन् । यो खेल जित्ने टीम विश्वकपका लागि छानिएको छ ।