२७ जेठ २०८३, बुधबार
टी-२० विश्वकप छनोट

रोहित पौडेलले पनि लिए विकेट, १०० रनमा नेपाललाई पाँचौं सफलता

कात्तिक १७, २०८०
काठमाडौं
रोहित पौडेलले पनि लिए विकेट, १०० रनमा नेपाललाई पाँचौं सफलता
फाइल फोटो

आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले पाँचौं विकेट हात पारेको छ ।

कप्तान रोहित पौडेलले अलि नासिरलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् ।

यसअघि आलिशान शराफुलाई १६ रनमा कुशल मल्ले आउट गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ थालेको यूएईका लागि मोहम्मद वासिमले आक्रामक शुरूवात गरेका थिए ।

तर, सोमपाल कामीले चौथो ओभरमा दुई विकेट लिए ।

वासिमले १६ बलमा २६ रन बनाए । एक ब्याट्सम्यान रनआउट हुँदा सन्दीप र सोमपालले पनि एक-एक विकेट लिए ।

यो समाचार तयार पार्दा १६ ओभरमा यूएईले ५ विकेट गुमाएर १०० रन जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्