
राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पपछि सिंगो राष्ट् एक भएर घाइतेहरुको उद्दार, पीडितहरुका लागि राहत तथापुर्नस्थापनाका लागि जुट्न आवस्यक भएको बताएका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै अध्यक्ष तिमिल्सिनाले गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुगेकोमा दुख व्यक्त गर्दै उद्दार, राहत र पुर्नस्थापनामा जुट्नुपर्ने बताएका हुन् ।