
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।
जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते छन् ।
घाइतेसहित भूकम्प प्रभावितहरूको उद्धार तथा राहतका लागि रुकुम पश्चिमबाट डीएसपीको कमान्डमा ३२० जना प्रहरी परिचालित भएका छन् ।
जाररकोटबाट पनि डीएसपीकै कमान्डमा ४५० जना प्रहरी परिचालित भएका छन् ।
कर्णाली प्रदेश गण सुर्खेतबाट ३६, चौरजहारी बेस क्याम्पबाट २० जना थप प्रहरी खटिएको बताइएको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति ११ बजेर ४७ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
हेर्नुहोस्, तथ्यांक :
