०७ साउन २०८३, बिहीबार

उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न समाज कल्याण परिषद्‌को आग्रह

कात्तिक १८, २०८०
काठमाडौं
उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न समाज कल्याण परिषद्‌को आग्रह
फाइल फोटो

समाज कल्याण परिषद्‌ले उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको छ ।​

परिषद्ले शनिवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्रसरकारी सामाजिक संघ संस्थाहरूलाई आ–आफ्नो परियोजना सञ्चालन भएको कार्यक्षेत्रबाट तत्काल आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका लागि काम गर्न आग्रह गरेको हो ।

‘कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पको कारण ठूलो मानवीय र भौतिक सम्पतिको क्षति हुन् गई जनजीवन अस्तव्यस्त भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद् घडीमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्रसरकारी सामाजिक संघ संस्थाहरूलाई आ–आफ्नो परियोजना संचालन भएको कार्यक्षेत्रबाट तत्काल आवश्यक उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु हुन समाज कल्याण परिषद् अनुरोध गर्दछ ।’

संघसंस्थाहरूले यस कार्यमा सहयोग गर्दा सम्बन्धित स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्यमा गर्न हुन र सो को जानकारी समाज कल्याण परिषद्लाई पठाउनसमेत परिषद्ले आग्रह गरेको छ ।

साथै विपद्को समयमा सहयोगको लागि कार्यरत सामाजिक संघसंस्थाहरूलाई सहजरुपमा कार्यसम्पादन गर्ने वातावरण मिलाई सहयोग गर्नका लागि सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई परिषद्ले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्