![भूकम्पबाट घाइते भएकाको उद्धारमा सेना [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/army_earthquake__4_10YPalouSv.jpg)
जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ ।

फौजले घाइतेहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत तथा नेपालगञ्जका अस्पतालमा ल्याउने कार्य गरिरहेको सेनाले जनाएको छ ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म १३८ जनाको निधन भइसकेको छ भने कम्तीमा १६६ घाइते भएका छन् ।
