
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।
शनिवार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरूलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको बताए । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले उनले बताए ।
‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनुपर्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन’ उनले भने, ‘अब सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ । यसको लागि सबै सरोकारवाला निकायहरुको साझा एजेण्डा भयो भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुन्छ । अहिलेको अवस्था एकले अर्कोलाई दोष दिएर भन्दा पनि सकारात्मक रुपमा सूचना प्रवाह गर्न आवश्यक छ ।’